त्रिपाठीले दिए रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति:

काठमाडौं, चैत २० – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। अधिवक्ता त्रिपाठीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट खरिदमा भ्रष्टाचार भएको उजुरीमा दाबी गरेका छन्।