ठूला होटल ६ महिनालाई बन्द

प्रकाशित मिति:

काठमाडौं, वैशाख २२ – ठूला होटलहरु पूर्णरूपमा ६ महिनाको लागि बन्द हुने भएका छन् । नेपाल होटल संघको आइतबार बसेको बैठकले तारे होटल ६ महिना बन्द गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय सरकारले गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन् ।होटल संघको अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महिनासम्म तलबको रूपमा आधारभूत तलबको १२।५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ ।@kathamandupress

थप समाचार