जेष्ठ ७ गते
नवलपरासी । शाइन रेसुंगा डेभलपमेण्ट बैकले सुम्पर्ण कर्मचारीहरुको कोभिड १९ कोरोना भाइरसको बीमा गरेको छ । जनरल इन्स्योरेन्स लिमिटेडबाट कोरोना बीमा गरीएको बैकले जानकारी दिएको छ । बैकमा कार्यरत ५ सय ६० जना कर्मचारीको रु १ लाखको विमाड्ड रकम रहेको कोरोना बीमा गरेको जनरल इन्स्योरेन्सका बुटवल शाखा प्रबन्धक विक्रम कंडेलले जानकारी दिनुभयो ।
१ वर्ष अवधिका लागी जारी भएको बीमा लेख कोरोना रोग परिक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ देखिएमा कम्पनिले दावी रकम प्रदान गर्ने कंडेलले बताउनु भयो ।












