पत्रकारहरुलाई बाहिर पठाएर संसदीय दलको बैठकमा ओलीको भाषण

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी छ ।जसमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो ।
एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि धारणा बनाउन संसदीय दलको बैठक ढाकेको हो ।त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुने जनाइएको थियो ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal