पाल्पामा बन्दको प्रभाव : सवारीसाधन ठप्प, पसल खुलेनन्

पाल्पा/विभिन्न दलहरूको आह्वानमा भएको बन्दले पाल्पाको जनजीवन प्रभावित बनेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा गरिएको बन्द आह्वानले पाल्पामा सवारीसाधन संचालन हुन सकेका छैनन् ।विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वान गरेको हो । एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हो । उनीहरूले राष्ट्रघाती संम्झौता कुनैपनि हालतमा नेपालबाट फिर्ता हुनुपर्ने अडान लिएका छन् ।

बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजानिक सवारी नचलेको र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सदरमुकामका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्ला भित्र सीमित मात्रामा मोटरसाइकल चलेका छन्। विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वानको प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।पाल्पाका चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन्।प्रहरी कार्यालय पाल्पाका अनुसार भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे जनाएको छ ।

बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द साझ ५ बजेसम्म हुने सो पार्टीले जनाएको छ । बन्द सफल बनाउन सो पार्टीका कार्यकर्ताले मंगलबार साँझ पाल्पामा मसाल जुलुस समेत गरेका थिए ।बन्दले यात्रुले सास्ती बेहोर्नु परेको छ । आफ्नो गन्तव्यमा जाने यात्रुहरूले सवारीसधान नचल्दा सास्ती बेहोर्नु परेको हो ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal