पुजा र पल रोमान्टिक मुडमा :‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन गीत रिलिज

काठमाडौं । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ ।‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सौरभ लामाको छायांकन छ ।पूजा र सुदर्शनको लगानीमा बनेको चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा छन् । चलचित्रको ट्रेलर, ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीतले दर्शकको माया पाइसकेको छ ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal