एमसीसी बिरूद्धको नेपाल बन्द : बुटवलमा ९ जना बन्दकर्ता पक्राउ

बुटवल/बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । मोर्चामा सहभागि नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु ९नाथु०, युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु,नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।

उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ ठगबहादुर केसीले बताए ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal