बुटवल जेसीजमा शाखा पदाधिकारी तालिम सम्पन्न

बुटवल/समाजमा रहेका युवा हरुको ब्यक्तित्व र नेतृत्व बिकासमा अग्रणी भुमिका खेल्दै आएको एक बिश्वब्यापी सस्था हो जेसीज । सोही सस्था अन्तर्गतको ४८ बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।बुटवल जेसीज बर्ष द्दण्द्दद्द को पहिलो कार्यक्रम शाखा पदाधिकारी तालिम अध्यक्ष जेसी चन्द्रमणी भुसाल को अध्यक्षतामा सम्पन्न भएको हो ।

बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार जेसी लालहरी पाण्डेको प्रमुख प्रशिक्षणमा उक्त शाखा पदाधिकारी तालिम सम्पन्न भएको हो । बुटवल जेसीज बर्ष द्दण्द्दद्द का पदाधिकारी हरुलाई आफ्नो पदिय दायित्व तथा जेसीज अभियानमा केन्द्रित रहेको उक्त तालिममा बर्ष २०२२ को कार्ययोजनाका साथै बुटवल जेसीजको ५० औं बार्षिकोत्सवको अवसरमा सम्पन्न गर्न लागको नेपाल जेसीजको महाधिबेशनको बारेमा समेत गहन छलफल भएको थियो ।

बुटवल जेसीजका करिव २० जना पदाधिकारी सहभागीता रहेको तालिमको औपचारिक रुपमा सन्चालन बुटवल जेसीजका महासचिव जेसी मोहन न्यौपाने तथा कानुनी सल्लाहकार जेसी बिनोद घिमिरे को स्वागत मन्तब्य सङ्गै शुरु भएको थियो । उपस्थित सम्पुर्ण पदाधिकारिहरु लाई बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकारहरुले आफ्ना अनुभव साट्दै जेसिज अभियानमा होमिन थप उर्जा प्रदान गर्नुभएको थियो ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal