भारतका ‘डिस्को किंग’ बप्पी लहरीको निधन

काठमाण्डौ – भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ । एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।

बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ुआइ एम अ डिस्को डान्सरु,यार बिना चेन कहाँ रे रात बाँकी बम्बइ से आया मेरा दोस्तु लगायत गीत चर्चित छन् ।पछिल्लो समय भारतले गीत स‌गीतको क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal