लिभरपुलले आर्सनललाई ४-० गोलले हरायो

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई ४(० गोल अन्तरले पराजित गरेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई हराएको हो ।खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिएगो जोटा, ७३ औं मिनेटमा मोहमद र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै २ खेलमा २५ अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal