सैनामैनामा एउटै वडाबाट ४१ जना एमालेमा प्रवेश

सुरेश परियार/सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै विभिन्न दलहरु पार्टि प्रवेशको कार्यक्रमलाई तिव्रता दिएका छन् ।प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले पनि पार्टि प्रवे्शको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

नेकपा एमाले सैनामैना नगरकमिटिले वडा तह सम्म पार्टि प्रवेशमा जोड दिइएको पाइएको छ । नेकपा एमाले सैनामैना वडा न.६ वडा कमिटि शाखाको आयोजनामा भएको बृहत पार्टि प्रवेश कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि ४१ जना एमालेमा प्रवेश भएको एमाले जिल्ला कमिटि सदस्य नजरकुमारी श्रेष्ठले जानकारी दिइन् ।माले केन्द्रीय कमिटि सल्लाहकार सदस्य मनिराम वन,नेपाली कांग्रेस क्रियासील सदस्य गोविन्द कंडेल सहित २० जना,नेकपा माओवादी केन्द्रका शान्ता भट्टाराई सहित १५ जना र अरु साना पार्टि गरि ४१ जना एमालेमा प्रवेश भएका हुन् ।

कार्यक्रम एमाले एमाले सैनामैना वडा न.६ वडा कमिटि अध्यक्ष प्रकाश आचार्यको अध्यक्षता,एमाले केन्द्रीय कमिटि सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता,एमालले जिल्ला कमिटि सहसचिब चित्र बहादुर कार्कीको विशिष्ट आतिथ्यता,एमाले सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपाने,एमाले नेता नर बहादुर घर्तिमगर लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा एमाले नगर कमिटि सदस्य तथा वडा ईन्चार्ज राम प्रसाद घिमिरेको स्वागत तथा सचिब आशिष पोख्रेललको सञ्चालनमा रहेको थियो ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal