मुख्यमन्त्री पोखरेलले गरे धुर्कोट गाँउपालिकाको भवन उद्घाटन

गुल्मी – धुर्कोट गाँउपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनकाे ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाेखरेलले विकास र समृद्धि आफुहरूकाे एजेण्डा भएकाे बताए । उनले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएकाे, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएकाे लगायतका काम गरेकाे जानकारी गराए । मुख्यमन्त्री पाेखरेलले संघियता आइसकेपछि देशमा आमुल परिवर्तन भएकाेले देश विकासकाे बाटाेमा अगाडि बढेकाे बताए । त्यसका साथै उनले कृषिमार्फत राेजगारि सिर्जना गर्ने, तीन बर्षभित्र आधारभुत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा साेलार उपलब्ध गराउने लगायतका याेजना रहेकाे बताए ।

त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहकाे केन्द्रदेखि वडाकार्यालयसम्म पुग्ने माेटर बाटाे पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएकाे बताए । आगामी बर्ष जेठ मसान्तसम्म सबै आयाेजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उध्धाेगमार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका याेजना रहेकाे पनि जानकारी गराए । धुर्काेट गाँउपालिकाकाे भवन १ कराेड ३५ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे हाे । आव २०७४/७५ मा सुरू भएकाे भवन निर्माण कार्य आव २०७५/७६ मा सम्पन्न भएकाे गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले जानकारी दिए । भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ राेपनी जग्गा समेत प्रदान गरेका छन् । स्थानीय कृष्ण प्रसाद घिमिरे, हरी प्रसाद घिमिरे, राम प्रसाद घिमिरे र गणेश घिमिरेले प्रदान गरेकाे प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले जानकारी दिए । उद्घाटन कार्यक्रमकै अवसरमा भवन निर्माण गर्नका लागी जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गरिएकाे छ ।

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal