गुल्मी मदानेका टाइसनको शव बुटवलमा फेला , सत्यतथ्य छानबिन गर्न आफन्तको माग !

सवलपोस्ट / बुटवल – बुटवलको बेलबास नजिकैको कुलोमा भदौ ३ गते बिहिबार गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का बर्ष २१ का राजेश कुँवर ( टाइसन)को शव फेला परेको हो । साउन ३२ गते पुर्कोट दहबाट ट्रकमा बुटवल तिर टाइसन हिडेका थिए । उनको बुटवल आउने इक्षा नहुदानहुँदैपनि विभिन्न प्रलोभनले उनलाई बुटवल ल्याइएको थियो ।

ट्रक चालक गुनराज जैशी र स्थानिय ब्यापारी भिम बहादुर कुवँर संगै उनी बुटवल आएका थिए । उनको भदौ ३ गते शव भेटिएपछी घरपरिवारले ट्रक चालक गुनराज जैशी र ब्यापारी भिम बहादुर कुँवरलाई किटानी जाहेरी समेत दिएका छन । मृतकका घरपरिवारले घटना रहस्यमय र नियोजित रहेको भन्दै आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मृत्यकका बुवा पदम पहादुर कुँवरले प्रशासन समक्ष सत्यतथ्य छानबिनको माग गरेका हुन ।

शवखेला परेको स्थानको प्रकृति संगसंगै गुनराज र भिमको ब्यवहारलाई हेर्दा घटना नियोजित रहेको ठहर गर्दै सत्यतथ्य छानबिन र उचित क्षतिपूर्ति दिन माग गरेका हुन । चालक गुनराज र व्यापारी भिम यो अवस्थामा मौन बस्नुले गर्दा घटना थप रहस्यमय तथा डरलाग्दो रहेको उनका आफन्तीले बताए  ।

मृतक टाइसनका परिवार तथा आफन्तीले रहस्यमय मृत्युको कारण र छानबिन हुन नसकेको भन्दै पोस्टमार्टम गर्न दिएका छैनन । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सवबाहन गृहमा राखिएको छ । घटना के कारणले गर्दा भयो भन्ने कुरा प्रहरीलाई गहिराइमा पुगेर अनुसन्धान गर्न समेत माग गरेका हुन । प्रहरीले भने पोस्टमार्टमको रिपोर्ट भएपछि अनुसन्धान गर्न थप सहज हुने बताएको छ ।

© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal