परासीको पाल्हीनन्दन रमपुरवाका जनताहरुको रामग्राम जेसिजको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण
स्थास्थ्य सेवाको सहज पहुच पुग्न नसकेको नेपाल भारत सिमाक्षेत्रमा पर्ने पश्चिम नवलपरासीकोे पाल्हीनन्दन रमपुरवाका जनताहरुले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका छन । रामग्राम जेसिजले जेसिज सप्ताह २०१८को अवसरमा गरेको निशुल्क स्वास्थ्य शिविर मा दुवै देशका सिमा क्षेत्रका करिव ५०० वढी विरामीहरुले सेवा लिएका हुन । ३ जना चिकित्सक सहित ११ जनाको स्वास्थ्यकर्मी टोलीले स्वाथ्य परिक्षण गरि निशुल्क औसधि समेत वितरण गरेको थियो । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्यहो भन्ने जेसिज आस्थाको मर्मलाई आत्मसाथ गर्दे पहुच वाहीर रहेका विपन्न समुदाय लक्षित गरि शिविर चलाईएको संस्थाका अध्यक्ष मुक्ती पौडेलले वताउनु भयो ।










