बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।सो सम्झौता अनुसार ईक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा ५ देखि १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।सो सम्झौता पत्रमा ईक्यानको तर्फबाट रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेत र बुटवल हस्पिटल प्रा.लि. को तर्फबाट महाप्रवन्धक देवेश कर्णले हस्ताक्षर गरे ।ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेतले यस सम्झौताले ईक्यानसँग आबद्ध सदस्यहरूलाई सहज तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै बुठवल हस्पिटल प्रा.लि. का महाप्रवन्धक देवेश कर्णले उपचारका लागि बुटवल बाहिर जान नपर्ने अवस्थाको सिर्जनाका लागि अस्पताल लागिपरेको बताए । सम्झौता कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू राम खड्का, जीडी सिखर धिताल, बुठवल हस्पिटल प्रा.लि. का प्रशासन प्रमुख विक्रम खडका, वजार व्यवस्थापक सुमन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।












