स्व गिरिजा प्रसाद कोईरालाको ९६ औ जन्म जयन्तीको अवसरमा रक्तदान

प्रकाशित मिति:

विराटनगर । नेपाली राजनीतिका शिखर पुरुष श्रदेय नेता स्व। गिरिजा प्रसाद कोईरालाको ९६ औ जन्म जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस विराटनगर महानगर समितीले विराटनगर को सहिद रंगशाला अगाडी आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सर्वसाधारण जनता, नेता तथा कार्यकर्ताले आएर रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काङ्ग्रेस मोरङ्ग सभापती डिगबहादुर लिम्बु, नेपाली काङ्ग्रेस विराटनगर महानगर समितीका कार्यबाहक सभापती अरुण न्यौपाने लगायतको उपस्थिति रहेको थियो । विराटनगरमा रगत अभाव सिर्जना भईरहेको समस्या लाई सहजीकरण गर्न शिखर पुरुष गिरिजा प्रसाद कोईराला को सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली काङ्ग्रेस विराटनगर महानगर समितीका कार्यबाहक सभापति अरुण न्यौपानेले बताउनु भयो ।