माल्टामा चितवन सेवा समाज माल्टा गठन ।

प्रकाशित मिति:

माल्टा । वैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका चिवनवासीहरूको भेलाले चितवन सेवा समाज माल्टा समन्वय समीती गठन गरेको छ। माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आवद्ध हुनुभएका चितवनवासी दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले उक्त समिति गठन गरेको हो।

माधव प्रसाद वाग्लेको अध्यक्षतामा गठन भएको चितवन सेवा समाज माल्टाको उपाध्यक्षमा सुनिता शर्मा त्यस्तै महासचिव वलराम सापकोटा, सचिव लोमस श्रेष्ठ, कोषाध्यक्ष दधिराम शर्मा , सदस्यहरु , दिवश तामाङ्ग , निम थनेत , अनुष्का कडेल , सुजन थापा, रामचन्द्र सापकोटा , खेम राज खरेल , खेलकुद संयोजक आकास गुरुङ्ग , सल्लाहकारहरु , मनिस अर्याल प्रकास वाग्ले अन्जु खत्री चयन हुनु भएको छ छ। माल्टा मा लगभग २००० हजार को हाराहारी मा नेपलीहरु बसोबास गर्छ।

चितवन सेवा समाज को संजाल संसार का २२ देस मा स्थापित भै प्रबास मा रहेका चिताउने हरु बिच समन्य गर्दै आपसी सहायोग र भैपरि आउने समस्या समधानको एकजुट हुने गरेका छन।यो अभियान समग्र चितवन अनि संसार भर रहनु हुने चिताउनेहरु को लागि कोसे ढुंगा साबित हुने समन्य समिति स्थापना पहल गर्नु हुने चितवन सेवा समाज अन्तराष्ट्रिय समन्य समितिका सद्बभावना दुत श्री सोम सापकोटाले जानकारी दिनु भयो । यो अभियान ले प्रबास मा रहेका नेपालीहरु लाइ सहयोग साथै चितवन लगायत नेपलामा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ