नवलपुरमा डाइभर्सन बगाउंदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति:

२७ असार,बुटवल । नवलपुरको थुम्सीमा डाइभर्सन बगाउंदा पुर्व पश्चिम राजमार्गमा सवारी साधन आवागमन बन्द भएको छ । वर्षाका कारण आएको बाढीले डाइभर्सनका लागि राखिएका एक दर्जन ह्युमपाइप बगाइदिएपछि बिहान ४ बजेबाट राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ – बुटवल सडक विस्तारका लागि थुम्सीमा डाइभर्सन बनाएर काम भइरहेको अवस्थामा बाढीले डाइभर्सन बगाइदिएको नवलपरासी पुर्व (नवलपुर)का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

डाइभर्सन बगाएपछि पुर्व पश्चिम आवत जावत गर्ने सयौं सवारीसाधनहरु सडकमा लाइन लागेर रोकिएका छन् । डाइभर्सन बनाएर सडक सुचारु गर्न पहिले भन्दा धेरै ह्युमपाइप र माटो ल्याएर राख्न सुरक्षाकर्मी सहित काम गर्ने टोली परिचालन गरिसकिएकाले दुईदेखि तीन घण्टाभित्र सडक सुचारु हुने प्रजिअ घिमिरेले बताए ।
फोटो ः दामोदर खनालको फेसबुकबाट