झविन्द्र देवकोटा– बुटवल, २० साउन । रुपन्देहीको देवदह नगरपालिकालाई मंगलबार राती १२ बजेदेखि अर्को सूचना नआएसँम्मका लागि पुर्ण रुपमा लकडाउन ९बन्दाबन्दी० गरिएको छ । देवदह नगर कार्यपालिका मंगलबार अपरान्ह बसेको बैंठकले नगरबासिलाई कोरोना संक्रमणबाट जोगाउनका लागि लकडाउन गरेको हो । लकडाउनको समयमा अत्यावसकीय सेवा बाहेकका सबै सेवा, बैंक तथा वित्तिय संस्था बजार, कलकारखाना, होटल रेष्टुरेन्ट, शैक्षिक संस्था सम्पुर्णलाई संचालनमा पुर्ण रुपमा रोक लगाएको छ ।
लकडाउनका समयमा अस्पताल, दमकल, स्वास्थ्य संस्था, एम्बुलेन्स, शवबहान, संचारकर्मीका गाडि बाहेक अन्य सवारी सबैलाई संचालनमा प्रतिवन्ध लगाइएको नगरपालिकाक उपसचिव टिकाराम शर्माले बताउनुभयो । स्थानीय गरिमा विकास बैंकमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै त्यसले पार्न सक्ने असरलाई कम गर्न नगरलाई पुर्ण रुपमा लकडाउन गरिएको बताउनुभयो । गरिमा विकास बैंकको लोन शाखामा काम गर्ने कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएपछि उनको ट्रावल हिष्ट्रि पत्ता लगाउन कन्ट्रयाक ट्रेसिङ्ग कार्यलाई तिब्र पार्न सम्वन्धित निकायलाई अनुरोध गरेको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार लामो दुरीका सवारी साधान देवदह क्षेत्रमा रोक्न तथा यात्रु उतार्नचडाउन पाउने छैनन् ।
देवदहका मुख्य तथा भित्री कुनैपनि सडकमा निजी सवारी साधन संचालन गर्न पाउने छैनन्, पसल बजार, जमघट गर्न पाईने छैन भने साईकल समेत संचालनमा नगरपालिकाले पुर्ण रुपमा रोक लगाएको छ । देवदह नगरबासीको सुरक्षाका लागि नगरलाई लकडाउन गरिएको नगरप्रमुख हिराबहादुर खत्रीले बताउनुभयो । उहाँले कुनै पनि ब्यक्ति अत्यावसकीय काम बाहेक बाहिर निस्कन नपाउने उल्लेख गरे कानुनी उपचार गरिने समेत बताउनुभयो । वन्दाबन्दी नगरपाकालाई नभएर आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि भएकाले सुरक्षित रहन र घरै बस्न नगर प्रमुख खत्रीले नगरबासीलाई अनुरोध गर्नु भएको छ । यसैबीच संक्रमितले काम गर्ने बैंक, उनी गएको अरुण मेडिकल हल र आरएन प्याथोलोजिलाई मंगलबार पुर्ण रुपमा सिल गरिएको छ ।












