के नागरीक लाई घुँडा टेकाएर राष्ट्रपति मुस्कुराउने गणतन्त्र हामीले खोजेको गणतन्त्र हो ?

प्रकाशित मिति:

चन्द्र केसी

कसैलाई खुशी साथ श्रद्धाले मान्न जानू र कसैले मान्न आउनुपर्छ भनेर सोच राख्नु नितान्त आकास जमिन जतिकै भिन्न कुरा हुन् ।यो सालको दशैं दुर भैसके पनि दशैं टिकाको ऐना भित्र देखिएको लोकतन्त्र, संविधान र नागरिक सर्बोच्चताको सैद्धान्तिक पक्ष कहिल्यै दुर हुनेछैन । आलेखको सान्दर्भिकता यसै मुल्यांकनको जगमा राखिदिनुहुन विनम्र अनुरोध राख्दछु ।लोकतन्त्रले उचो र निचोको भावना लाई बर्जित गरेको हुन्छ । निषेध गरेको हुन्छ । न राष्ट्रपति, न प्रधानमन्त्री, न आम नागरिकको तप्का । सबैको समान हैसियत कायम गरेको हुन्छ । लोकतन्त्रको ुब्युटीु नै यहि हो । यति भनेपछि हाम्रो देशको लोकतन्त्र र संविधानले पनि यो मर्म लाई आत्मसात गरेकोछ भनेर भन्नै परेन ।

बिगत नागरिक आन्दोलन र क्रान्तिको ध्येय नै यहि थियो ।आफू ठुलो हुँ ठानेर टीका र आशीर्वाद बक्सिनु, संस्कृतिको आबरण मार्फत ठालु तन्त्रको प्रयोग र अनुमोदनको एक हिस्सा हो ।यसपालिको दशैं टीका चौतर्फी चर्चामा रह्यो । आलोचना र आक्रोशको भुमरी भित्र रह्यो । एक लोकतान्त्रिक र धर्म निरपेक्ष राष्ट्रको रुपमा हाम्रो देशका राष्ट्रपति विध्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले दशैंको टिका मार्फत आफ्नो सोच र चरित्र लाई जुन मानकमा स्थापित गर्न खोजे, टुलुटुलु हेरेर बस्न सकिने कुरै थिएन । कुनै हालतमा स्विकार्न नसकिने घटना थियो, हो ।सितलनिवास र बालुवाटारको दशैं टीकाले केहि पक्ष माथी धावा बोलेको सत्य घाम झैँ छर्लङ्ग छ । लोकतान्त्रिक गणतान्त्रिक संस्कार र पद्धति माथी, संविधानले बोलेको धर्म निरपेक्षता माथी र चाकरीबाद माथी आसक्ति र आग्रह देखाएर ।हाम्रो देशको संविधानले धर्म निरपेक्षता सेक्युलरिजमु लाई स्थापित गरिसकेको तथ्य बिच देशका राष्ट्रप्रमुख र प्रधानमन्त्री दुबै बाट त्यसको अबमुल्यन हुनु घोर निन्दनीय कर्म भएकोछ । राष्ट्रपति, प्रधानमन्त्री मार्फतै संविधानबाद माथि प्रहार भएको छ ।गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामबरण यादबले सात बर्ष राष्ट्रपतिको रुपमा रहँदा कहिल्यै औपचारिक रुपमा दशैं टीकाको आयोजना गरेनन् । श्रद्धाले आउने हरुलाई नितान्त निजि र अनौपचारिक रुपमा पाइजामा(कुर्थामा उभिएरै टिका लगाइदिए । राष्ट्रपति कार्यालयले टिका थाप्न आउनु भनेर न आदेश जारी गर्‍यो न आसय राख्यो । त्यो अबधि भर कुनै प्रधानमन्त्री राष्ट्रपति संग टीका थाप्न गएको रेकर्ड छैन ।एक धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्रका सिक्दै गरेका राष्ट्रपति बाट जे प्रदर्शित हुनुपर्ने थियो सकारात्मक प्रयास भएको थियो ।

राष्ट्रप्रमुख, सरकार प्रमुखको पनि निजि जीवन हुन्छ । आफ्नो ब्यक्तिगत आस्था र संस्कारको निरन्तरताको कर्ममा रमाउनु सयको सय तालीको विषय हो । यहाँनेर प्रश्न के पक्षमा हो भने राजकिय सुचना, सैलि र राष्ट्रको ढुकुटीको प्रयोग भएको विषयमा हो ।नितान्त निजि र पारिवारिक रुपमा, मिडिया बाट टाढा भएर राष्ट्र प्रमुख र सरकार प्रमुखले दशैं लाई आयोजना गर्नुपर्ने थियो । हाम्रो अहिलेको संविधानले गरेको बाचा यही हो ।संबैधानिक रुपमा ठुलो त्रुटि भएको छ । राष्ट्रप्रमुख र सरकार प्रमुख बाट कुनै एक धर्म(संस्कृतिको औपचारिक घोषणा सहित नागरिक करको ढुकुटी द्वारा सम्बर्द्धनप्रबर्द्धन हाम्रो अहिलेको संविधानको मर्मको बर्खिलाप कृत्य हो ।यो आलेखको मनसाय, केबल लोकतन्त्र र हाम्रो संविधानको मर्म के हो रु भन्ने मात्र हो । सबै धर्म(संस्कृति माथी पुर्ण आदर सम्मान राख्नु र सबै धर्मसंस्कृतिको मुक्तकन्ठले प्रसंसा र जयजयकार गर्नु धर्म निरपेक्ष राष्ट्रको नागरिकको हैसियतमा कर्तव्य ठान्दछु ।

पुर्ण लोकतान्त्रिक र धर्म निरपेक्ष संविधान भएको राष्ट्रमा राष्ट्रपति र प्रधानमन्त्रीले औपचारिक घोषणा सहित राजकीय ठाँट र रबाफमा दशैं टीकाको उर्दी जारी गरिनु एक अचम्म हो भने । नागरिक हरुलाई पुनः रैती र दास कै दर्जा र हैसियतमा देख्नु, देख्न खोज्नु या कायम गराउन खोज्नु अर्को अचम्म हो । धर्म निरपेक्ष राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले देश भित्रका सम्पुर्ण धर्म र संस्कृति हरुको सम्मान र प्रबर्द्धनमा समान हैसियतको दृस्ठिकोण र उपस्थिति जनाउनु हाम्रो संविधानको ुबटमलाईनु हो । कि सितलनिवास र बालुवाटार प्राङ्गण भित्रैबाट दशैंको टिका बराबर अरु धर्मसंस्कृतिको प्रचार प्रसार र सम्बर्द्धन(प्रबर्द्धन पनि प्रदर्शित हुनुपर्दछ । होईन भने, कुनै एक संस्कृति प्रति थोरै मात्र पनि औपचारिक आशक्ती राख्नु हाम्रो संविधानले उपलब्ध गराएको सुबिधा नै होईन ।

आजको दिनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली महोदयले गम्भीर भएर महसुस गर्नुपर्ने तथ्य केहोभने यदि सबै संस्कृति लाई उतिनै प्रेम, उतिनै आदर सम्मान र उतिनै बिश्वासको जलपले पोत्न सकिएन भने हाम्रो संविधानको स्विकार्यताको सन्दर्भमा थाती रहेको प्रश्नको स्वरले झनै चर्को भएर जान मलजल प्राप्त गरेको महसुस गर्नेछ । लोकतन्त्र माथी चुनौतीको तरबार खडा हुनेछ । लोकतन्त्र भनेको नागरिकको शासन भन्ने हो । नागरिक सर्बोच्च स्थानमा रहन्छन् भन्ने हो । तर, यहाँ नागरिकले सत्ता बाट हेपिएको महसुस गरेका छन् । हेपिएका छन् । टिकाको दिनका राष्ट्रपति कार्यलयका तस्बिरहरु देखेर प्रत्येक नेपालीले आफैं लाई प्रश्न गरे १ आफ्नो देशको लोकतन्त्रको बारेमा, आफ्नो देशको गणतन्त्रको बारेमा । कस्तो लोकतान्त्रिक देशका नागरिक हौं रु कस्तो गणतान्त्रिक देशका नागरिक हौं रु भनेर । कस्तो लोकतन्त्र ल्यायौं रु कस्तो गणतन्त्र ल्यायौं रु भनेर ।

अयलतष्लगभ।।
यदी, दृश्यमा राष्ट्रपतिले मुस्कुराउदै टीका लगाईरहेको ठाउँमा एक आम नागरिक र घुँडा टेकेर निरिहता प्रदर्शन गरिरहेको ठाउँमा देशको उच्च तहको नेता लाई देख्न पाईएको भए बहसै अर्कोतिर मोडिने थियो । हामी कति धन्य हुनेथियौं । नागरिक सर्बोच्चताको पानामा त्यो ईष्र्या लाग्दो क्षण हुनेथियो ।हाम्रो देशको लोकतन्त्र र गणतन्त्रमा हामीलाई ठुलो गर्व हुनेथियो । राजतन्त्र फ्याल्दैगर्दा नागरिकको तहमा निर्क्योल गरिएको राजनीति के थियो भने अब देशमा सम्पुर्ण किसिमको सामन्तबादले छाँयामा पनि तर्साउने छैन भन्ने थियो । नेता नागरिकको इमान्दार सेबक हुनेछन्, रहनेछन् भन्ने आशा र भरोसा थियो । बिश्वास थियो । नागरिकको इज्जतसम्मान, मानमर्यादा सगरमाथा झैं निर्माण हुनेछ भन्ने थियो । घुँडा टेकियो वा टेकाईयो, मुल प्रश्न घुँडा टेकिरहँदा किन राष्ट्रपति चुप बस्नु भयो रु भन्ने हो । किन संसार जितेको आभामा मुस्कुराउदै टीका लगाउनु भयो रु भन्ने हो । यस अर्थमा राष्ट्रपति महोदयको सिष्टता, विवेक र गरिमा पराजित भएको छ । हारेको छ ।कांग्रेस सदस्य भएर पनि, मेरा लागी सामन्तबाद र असमानताको विरुद्ध आगो ओकल्ने नेपाली बामपंथी आन्दोलनका सिखर नेता मदन भण्डारी सधैं प्रेरणा र प्रिय हुनुहुन्छ । उहाँको सपना र संकल्प माथी उहाँकै धर्मपत्नी बाट निर्मम प्रहार भएको घटना सहनै नसक्ने गहिरो चोट बन्यो । मदन भण्डारी लाई सम्झिँएर युट्युबमा उपलब्ध उहाँका भाषणहरु सुनेर आँसु चुहाउनुको अर्को विकल्पनैपो के थियो र रु धिक्कार भन्न मन लाग्यो ।के नागरीक लाई घुँडा टेकाएर राष्ट्रपति मुस्कुराउने गणतन्त्र हामीले खोजेको गणतन्त्र हो रु के नागरिकको मानमर्दन गरिने गणतन्त्र हामीले खोजेको गणतन्त्र हो ?

दोस्रो जनआन्दोलनमा गणतन्त्रका गगनभेदि नारा हरुले आकाश र धर्तीमा कम्पन पैदागर्ने उर्जा दरबारको रबैयाले उपलब्ध गराएको थियो । राजा ज्ञानेन्द्र मातिदा त्यो भएको थियो । उनको दम्भी सोच, शैली र प्रवृत्तिले । नागरिक माथीको अन्याय र अत्याचारले । यो निकट बिगतको दृष्टान्त नेतृत्वमा बस्ने जोकोहीले क्षणभरका लागी पनि बिर्सन नहुने अमुल्य पाठ हो । अमुल्य सिक्षा हो । यदी, बिर्सनु या नजरअन्दाज गरिनु भनेको ढिलोचाडो मात्र हो एक दिन दुर्भाग्यपूर्ण नियतिको सामना गर्नै पर्नेनै हुन्छ भन्ने हो । लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्रीले चाकडीको प्रतिस्पर्धा आयोजना गरेर हाजिरा संकलन गर्नु गराउनु पुरानो दरबारको भन्दा कम रबाफ होइन् । तिम्रो राजनीतिक भबिस्य म सङ भएकोले मान्न आँउछौ कि आँउदैनौ रु भन्ने मनोबिज्ञान प्रधानमन्त्रीको देखिन्छ । प्रधानमन्त्री कार्यालयले पनि टिकाका लागी समय तालिका नै सार्बजनिक गर्‍यो । यसरी लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति र प्रधानमन्त्रीले आफुलाई मान्न आउनुपर्छ भन्ने मनसाय राख्नु गैर लोकतान्त्रिक चरित्र हो । लोकतन्त्रले कसैलाई पनि आशिर्वाद दिने अबतारमा कल्पना गरेको छैन् । लोकतन्त्र र गणतन्त्र लाई हाँकिरहेका नायक हरुबाटै नागरिकको मानमर्दन गरिनुले, निस्संदेह लोकतन्त्र गणतन्त्र र त्यसका खेलाडी हरुका प्रति नागरिकको तहमा घृणा र आक्रोश उत्पन्न हुनेछ । असन्तुष्टि र निराशा पैदा हुनेछ । लोकतन्त्र र गणतन्त्रले फेरि ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ । राजनीतिमा उदाउँदै गरेको पुस्ता र बर्गमा समेत कुसंस्कारले घर गर्ने छ । उनीहरुको जीवन पद्धतिमा नकारात्मक मान्यता हरु स्थापित हुनेछन् । हाम्रो नियती, ब्यबस्था फेरियो । प्रणाली फेरियो । तर सत्ताको उन्माद नेपालीका लागी सदैब एउटै अनुहारमा छ । सासककै छबिमा, सामन्तकै छविमा । यस्तो छबीमा लोकतन्त्र बच्नै सक्दैन । बचाउनै सकिँदैन । लोकतन्त्र केबल ओठ र प्रणालीको कुरा मात्र होइन् । निर्वाचनले मात्र लोकतन्त्रको परिभाषा समेट्न सक्दैन । लोकतन्त्र गम्भीर भएर महसुस पछी मनन गर्नुपर्ने ब्यबस्था हो । लोकतन्त्रको सुन्दर, सशक्त, स्थायी र बलियो जिबन रहनेकी नरहने भन्ने सबाल देशको नेताले लोकु ९नागरिक० का प्रती व्यक्त गर्ने व्यबहारले तय हुने हो । देशको नेताको संस्कार, सभ्यता र प्रवृत्तिमा, लोकु प्रति प्रेम, इज्जत, मान सम्मान र मर्यादा प्रदर्शित हुनुपर्छ । झल्किनु पर्छ ।

लोकतन्त्र गणतन्त्र भन्दा उन्नत राज्य ब्यबस्थाको कल्पना आजको दिन समन कतै भेटिएको छैन । यसका कमजोरी हरुको निराकरण मात्रै अर्को बिकल्प हो । तसर्थ, यो ब्यबस्थाका तत्कालीन नेपाली नायक हरुलाई संविधानतस्, विवेकसिल र लोकतान्त्रिक हुन सबैले सचेत गराऔं । सच्चिन भनौं । यसैमा, हामी सबैको हित छ, हामी सबैको जित छ ।

लेखक कांग्रेस संग आबद्ध छन् ।