बिद्यार्थी जीवनमा राजनीति यात्रा

प्रकाशित मिति:

बिद्यार्थी जीवन मानिसको जीवनको अत्यन्तै महत्वपूर्ण चरण हो, जहाँ व्यक्तित्व निर्माण, ज्ञान आर्जन र सामाजिक उत्तरदायित्वबारे बुझाइ विस्तार हुँदै जान्छ। यही समय यस्तो हो, जसले भविष्यको दिशा निर्धारण गर्छ। यही सन्दर्भमा, बिद्यार्थी जीवनमा राजनीति यात्राको सुरुवात र त्यसको प्रभावलाई गहिरो ढंगले बुझ्न आवश्यक छ। राजनीति भन्नाले केवल चुनाव, पार्टी वा सत्ताको कुरा मात्र होइन, यो त समाज परिवर्तनको प्रक्रिया हो। जब बिद्यार्थीहरू सामाजिक अन्याय, भेदभाव, भ्रष्टाचार र असमानताको विरुद्ध आवाज उठाउन थाल्छन्, त्यहीँबाट राजनीति यात्रा सुरु हुन्छ। नेपालमा विशेषगरी विश्वविद्यालयहरूमा बिद्यार्थी युनियन, संगठन र आन्दोलनहरू सक्रिय छन्, जसले बिद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर दिन्छ। बिद्यार्थी राजनीतिले विचार र सिद्धान्तबारे गहिरो अध्ययन गर्न सिकाउँछ। बहस, विमर्श र संगठन निर्माणबाट नेतृत्व सीप, वक्तृत्व कला र समन्वय क्षमतामा अभिवृद्धि हुन्छ। साथै, यस्ता गतिविधिमा संलग्न हुँदा बिद्यार्थीले समाजको समस्यासँग नजिक हुन पाउँछन्, जसले उनलाई सामाजिक उत्तरदायित्वप्रति सजग बनाउँछ।

तर, राजनीति यात्राले सकारात्मक प्रभाव मात्र पार्दैन। गलत उद्देश्यले राजनीति गर्दा अध्ययनमा असर पर्न सक्छ, द्वन्द्वको स्थिति सिर्जना हुन सक्छ र व्यक्तिको मार्ग भटकिने सम्भावना पनि रहन्छ। त्यसैले राजनीति यात्रा सन्तुलित र उद्देश्यप्रेरित हुनुपर्छ।बिद्यार्थी जीवनको राजनीति यात्रा त्यतिबेला सफल हुन्छ, जब यो अध्ययनसँग समन्वयमा रहन्छ, सामाजिक सुधार र जनहितको लागि अग्रसर हुन्छ, र सहिष्णुता, इमानदारी र लोकतान्त्रिक मूल्यहरूमा आधारित हुन्छ। निष्कर्षमा, बिद्यार्थी जीवनको राजनीति यात्रा एक अवसर हो — जहाँ नेतृत्व विकास, सामाजिक चेतना र राष्ट्रप्रतिको समर्पण एकसाथ विकास हुन्छ। यो यात्रालाई सकारात्मक मार्गमा अघि बढाउनु नै साँचो शिक्षा र सशक्त नेतृत्व निर्माणको आधार हो।

२०८१-१२-०५ गते त्रिभुवन बहुमुखी क्याम्पसमा भएको चुनाव र सफलताले मलाई छुट्टै हौसला प्रदान गर्यो। छोरी मान्छे त्यसैमाथि राजनीति यात्रा त्यति सहज त थिएन तर आफूले आफैलाई परिवर्तन गर्न सक्नुपर्छ र गर्छु भनेर लागे र उदेश्य अनुसार सफलता पनि हात लायो आखिर चाहे के नहुदो रहेछ र यसबिचमा धेरै व्यक्तित्वको साथ र समर्थन रह्यो भने कोहिको नजरमा नराम्रो पनि हुन पुगे तर मलाई फरक परेन चामलमा पनि त बिगा भेटिनु ठुलो कुरा होइन त्यसलाई फ्याकेर राम्रो बन्नु ठूला हो र मेरो एउटै अठोट समाजमा आफूलाई छुट्टै रुपमा स्थापित गर्नु हो निस्वार्थ सेवा गर्नु हो ।यात्रामा अनेक हुन्छ सधैँ सफलता र सबैको साथ पाईन्छ भन्ने जरुरि पनि त छैन र त्यस्तो आस गर्नु पनि हुन्न क्याम्पसको राजनीतिले क्याम्पसका दिदिदाई भाईबहिनीसँग नजिक हुने अवसर मिल्यो यसैमा धेरै खुसि छु यो अवसर अझ फराकिलो बनाउने सोचमा छु यहाँसम्म पुग्न साथ दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वमा विशेष धन्यवाद भन्न चाहान्छु हिजो यहाँसम्म चिनाउन हजुरहरुले धेरैले साथ दिनुभयो अब अघि बढ्न म हिम्मत गर्छु

सोच बदलौ अगाडि बढौ परिवर्तनशिल युवाको परिचय दिउ…

बबिता थापा (सन्ध्या )
रैनादेवी छहरा  – ४ छहरा पाल्पा