संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकामा सरसफाई

प्रकाशित मिति:

झविन्द्र भण्डारी
गुल्मी, असोज २ ।
संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालकिा क्षेत्र बर्बोटमा सरसफाइ गरिएको छ । धुर्कोट गाउँपालिकाको नेतृत्वमा कर्मचारी तथा नगर प्रहरुीको सक्रियतामा संविधान दिवस २०७७ का अवसरमा गाउँपालिका क्षेत्र बर्बोटमा सरसफाइ गरिएको हो ।

२०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक संविधान घोषणा भएको दिनको सम्झनामा नेपाल सरकारले समेत असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गर्ने तय गरेको छ । सोही अनुरुप धुर्कोट गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण कर्मचारी र नगर प्रहरीकाे सक्रियतामा सरसफाइ गरेको हो ।

सरसफाइको क्रममा संकलन भएको फोहरलाई उचित स्थानमा व्यवस्थापन गरिएको थियो । गाउँपालिकाले विभिन्न दिवसका अवसरमा सरसफाइ, वृक्षारोपण तथा दिप प्रज्वलन लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

फोटो फिचर: