आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय

प्रकाशित मिति:

६ असोज, काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा। शिवमाया तुम्बाहाम्फेले बताइन् । यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै उनले स्थगित गर्न माग गरेका थिए ।