काठमाडौं, असोज १७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहितका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी, थापा, शम्भुलाल श्रेष्ठसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
केन्द्रीय समिति बैठकअघि बिहीबार कांग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो। यीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ। ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। केन्द्रीय समिति अघि भोलि पदाधिकारी बैठक बस्दैछ।@kathamandupress












