रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिलाको मृत्यु भएको छ ।
गत असोज २१ गते गरिएको पिसिआर परिक्षणमा पोजेटिभ देििखएपछि कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल ७ की ७० वर्षीया वृद्धाको बिहीवार बिहान ९ : १५ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।
मृतकलाई उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र कोरोनाकै कारण निमोनयिा समेत भएको उनले बताए । यससंगै अस्पतालमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।












