रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । गत असोज २२ गते पोजेटिभ नतिजा आई अस्पतालमा भर्ना गरिएका पाणिनीका पुरुषको गएराति ९ ः २४ बजे मृत्यु भएको हो ।
त्यस्तै, कात्तिक १ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि भर्ना गरिएका तिलोत्तमा ४ का ८१ वर्षीय वृद्ध पुरुषको बिहीवार बिहान १२ः ७ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । आइसियुमा उपचाररत दुवै संक्रमितमा श्वासप्रश्वासको समस्या रहेको थियो ।












