काठमाडौं, मंसिर १ : अमेरिकी कम्पनी मोडर्नाले बनाएको कोरोना भाइरस विरुद्धको खोप झण्डै ९५ प्रतिशत सुरक्षित भएको घोषणा गरेको छ। मोडर्नाले केही हप्तामा खोपको स्विकृतिको लागि प्रक्रिया समेत अघि बढाउने बताएको छ । यो निकैनै उत्सापूर्ण परिणाम हो, वरिष्ठ अमेरिकन सरुवा रोग विज्ञ डा। एन्टोनी फाउचीले सीएनएनसँग भनेका छन् । मोडर्नाले ३० हजार मानिसहरुमा गरेको परिक्षणमा ९५ दशमलव ५ प्रतिशत सफल भएको बताएको छ।
यसअघि अमेरिकन कम्पनी फिाइजर र जर्मन कम्पनी वायनटेकले सयुक्त रुपमा बनाएको कोरोना विरुद्धको खोप ९० प्रतिशत सुफल भएको घोषणा गरेको थियो । सीएनएनका अनुसार मोडर्नाले बनाएको खोप र फाएजरले बनाएको खोपको विधि एउटै हो। तर फाइजरले बनाएको खोप माइनस ७० डिग्रि सेल्सियस कोल्र्ड मेन्टनेन गर्नुपर्छ भने मोडर्नाको खोपमा कोल्र्ड चेन माइनर २० डिग्रि मात्रै मेन्टने गरे हुने बताइएको छ।@kathamandupress










