रुपन्देहीको भिम अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ११ की ६० वर्षीया महिला रहेका अस्पतालका सुचना अधिकारी डा नारायण पोख्रेलले बताए । उनका अनुसार बिहीवार राति १२ बजे अस्पताल ल्याईएकी उनको पिसिआर पोजेटिभ आएको र राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।