विश्व महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसले विश्वलाईनै आकंतिक बनाइरहेकाे यहाँहरु सबैलाई अवगतनै छ । उक्त भाइरसबाट बच्नकालागि आपतकालीन परेका मानवलाई आपदमा परेकाे बेला सहयाेग गर्नुनै मानविय धर्म हाे । यही महामारीको बेला नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगेरी क्यानडाले आफ्ना नियमित कार्यक्रम र गतिविधिलाई निरन्तरता दिएको छ। नियमित कार्यक्रम अन्तर्गत गत हप्ता क्यानाडाको क्यालगेरी शहरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
रक्तदान कार्यक्रममा नेपाली मुलका नागरीक सँगै अन्य देशका नागरीकहरुको समेत सक्रिय सहभागिता रहेको थियो। क्यानेडियन ब्लड सर्विसेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए। “Together, we are Canada’s line” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा सुरक्षाका सम्पूर्ण प्रावधानको पालना गर्दै उच्च सतर्कता अपनाइएको एन.सी.एस.सी. का मिडिया कोअर्डीनेटर सूर्य अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई एन.सी.एस.सी. का अध्यक्ष समिर पाण्डे र कार्यक्रम संयोजक एन.सी.एस.सी. का युथ कोअर्डीनेटर राजेश शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो।












