काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । शुक्रवार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् नेता सिटौलाले जानकारी गराउनुभएको छ ।
कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको सिटौलाले उल्लेख गर्नुभएको छ । आफ्नो सम्पर्कमा रहेकालाई भने परीक्षण गर्न र सावधानी अपनाउन उहाँले आग्रहसमेत गर्नुभएको छ ।
‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड –१९ को पिसिआर परीक्षणबाट कोरोना भाइरस पोजिटिभ देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानी अपनाउनु हुन अनुरोध गर्दछु’, उहाँले लेख्नुभएको छ ‘मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।’












