आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको २९ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको अष्टमी तिथि राति अहोरात्र रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र विहान १०।३० बजेसम्म रहनेछ । आज वृद्धि योग भद्रा करण रहेको छ । आज सूर्योदय ६।२५ मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ ।
आज चन्द्रमा मकर राशिमा छन् । आज गोपाष्टमीका साथै अष्टमीव्रत पनि परेको छ । आज व्रत वसी गाईको विधिपूर्वक पूजन गर्नाले मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ ।










