सरस्वती माध्यमिक विद्यालयको ४० औ बार्षिकोत्सव समारोह सम्पन्न

प्रकाशित मिति:

दाङ, पुस १३ । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले आज सोमवार एक कार्यक्रम गरी विद्यालयको ४० औं बार्षिकोत्सव मनाएको छ । कोरोनाको जोखिम कायमै रहेका कारण विद्यालयले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारी, चन्दादाता र विद्यार्थीहरु मात्रै जुटेर आफ्नो बार्षिकोत्सव मनाएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन । घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकास लागि सवै एक भएर लाग्नु पर्ने बक्ताहरुको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रवक्ता एंव शिक्षा समितिका संयोजक भरतराज अर्यालले कारोना जोखिमबाट सावधानी अपनाउदै घोराही उपमहानगरपालिकाले विद्यालय सञ्चालन गरिरहेको बताउनुभयो । विद्यार्थी, शिक्षकबिच स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै आलोपालो गरी विद्यालयको पठनपाठन सुचारु ग्रिएको बताउनुभयो । साथै उहाले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । बाषिकोत्सव समारोहमा विद्यालयमा बिभिन्न चन्दादाताहरुले स्थापनका गर्नु भएको अक्षयकोषबाट बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो ।सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य तिलक रावत, बिष्णु कालाथोकी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गर्नु भएको थियो ।