शान्ति नमुनामा बाल क्लबको निर्वाचन सम्पन्न, अध्यक्षमा विवेक मिश्र निर्वाचित

प्रकाशित मिति:

तिलोत्तमा, साउन १३ गते ।

तिलोत्तमा-५, मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शान्ति बाल क्लब निर्वाचनको अन्तिम परिणाम घोषणा गरिएको छ। बाल क्लबको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भई विजयी पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरिएको हो।

निर्वाचन परिणाम अनुसार अध्यक्षमा ‘पुस्तक’ निर्वाचन चिन्ह लिएका विवेक मिश्र निर्वाचित भएका छन्। उपाध्यक्षमा  सन्देश कँडेल विजयी भएका छन्  भने सचिवमा अञ्जस अधिकारी चयन भएका छन्।

यस्तै कोषाध्यक्षमा अंशु गैरे निर्वाचित भएकी छन् भने सदस्यहरूमा आकाश ज्ञवाली र सात्विक न्यौपाने निर्वाचित भएका छन्।

निर्वाचन सम्पन्न भएपश्चात् विद्यालयका प्रधानाध्यापक लोकनाथ कँडेलले शपथ ग्रहणा गराउनुभएको थिये ।

कार्यक्रममा ,  मूल निर्वाचन समितिका संयोजक सहायक प्रधानाध्यापक धर्मगत शर्मा, निर्वाचन अधिकृत नारायण ज्ञवाली र  संयोजक रजनी के.सी.ले विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

साथै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्ण उम्मेदवार, मतदाता, शिक्षक, निर्वाचन समिति तथा स्वयंसेवकहरूप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमितिले विद्यालयमा नेतृत्व विकास, विद्यार्थी सहभागिता, अनुशासन, उत्तरदायित्व तथा लोकतान्त्रिक संस्कृतिको प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास विद्यालयले लिएको छ।