ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बोहोराको भनाई

प्रकाशित मिति:

राष्ट्रिय प्रजातन्त्त पार्टी ९राप्रपा० का वरिष्ठ नेता दीपक बोहोराले प्रधानमन्त्री ओली को सिरफारिसमा राष्ट्रपतिले संविधानमै व्यवस्था नभएको धारा प्रयोग गरी संसद विघटन गर्नु लोकतन्त्रको धज्जी उडाएको सरह भएको बताएका छन् । बिहीवार रुपन्देहीका पत्रकारसंग कुराकानी गर्दै उनले सरकारको यो कदम प्रति आफुहरुको आपत्ति रहेको जनाए । हामीले अदालतकै नतिजा पर्खिएका छौं, उनले भने, जनताले चाहेको पुनसर््थापनाले किचलो बढ्ने देखिन्छ ।’ अदालतको निर्णयलाई आफुहरुले स्वीकार्ने भन्दै उनले अहिलेको अवस्थामा संसद पुर्नस्थापना समस्याको समाधान नभएको बताए । देश संकटको अवस्थामा रहेकाले संसद पुर्नस्थापनाले देशको अवस्था यस्तै हुने उनको धारणा छ । ‘संसदमा सरकार बनाउने, सरकार गिराउने बाहेक कुनै पनि काम हुदैन, उनले थपे, सरकार बनाउने र सरकार गिराउने यो फोहोरी खेल संसद भित्र पस्नुभन्दा ताजा जनादेश नै अहिलेका लागि उत्तम विकल्प हो ।’ सरकार र नेकपाका कारण मुलुक अहिले संकटमा फसेको भन्दै बोहोराले राप्रपाले दुई नारा राजा सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र चाहेको जनाए । संसद नभएका बेला जताततै आक्रोश बढीरहेको उनले बताए । सरकारको यो कदमले मुलुक दुर्घटनामा पर्न सक्ने संकेत बलियो देखिएको उनको भनाई छ ।