नेपाल कम्युनिस्ट पार्टी (नेकपां) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश र समाजको परिवर्तन सम्भव नभएको दाबी गरेका छन् । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले देशलाई संकटतिर धकेल्ने प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन नहुने दाबी गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन हुन्छ भनेर सोच्नु भ्रम हो ।’ उनले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।












