सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल

प्रकाशित मिति:

बुटवल – बुटवलको सुख्खानगरबाट एक महिला चारदिनदेखि बेपत्ता भएकी छन् । पुस २२ गते बिहान साढे ५ बजे घरबाट निस्किएकी ५१ बर्षीया लक्ष्मी न्यौपाने सम्पर्क बिहिन भएको उनका २३ बर्षिय छोरा सुदीप न्यौपानेले बताए ।

उनले भने -‘मम्मी घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्क हुन सकेको छैन,नातागोता इष्टमित्र सबैतिर खोज्यौं कांहीपनि फेला नपारेपछि चिन्तामा छौं ।’

बुटवलको हाटबजारमा ढाका ब्यवसाय संचालन गर्दै आएकी उनी घरैबाट बेपत्ता भएपछि परिवारजन पीडामा परेका छन् । अहिले उनको घरमा श्रीमान् ५४ बर्षीय रामप्रसाद न्यौपाने सहित ,छोरा-बुहारी र अर्का एक छोरा रहेका छन् ।

उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।