एकै दिन ७० जनाले नेकपा त्यागे, सांसद मल्ल र मेयर गिरीले कम्युनिस्टको लाल किल्लामा चार तारे झन्डा गाडे

प्रकाशित मिति:

चापाकोट- प्रतिनिधि सभा विघटन पश्चात् दुई ध्रुवमा बिभाजित भएको नेकपा त्यागेर काङ्ग्रेस प्रवेश गर्ने नेता कार्यकर्ताको लर्को देशभर देखिन्छ।फलस्वरूप नेकपाको गढ मानिएको स्याङ्जाको चापाकोटमा बिहिवार झन्डै ७० जना नेकपा आस्थावान स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गरेका छन। जनताको जनमतको कदर गर्न नसक्ने नेकपा पार्टी नेतृत्वको पछाडी लाग्नु मुलुकको भबिस्यमाथी खेलवाड गर्नु भएको जिकिर नेकपा परित्याग गर्ने नेता कार्यकर्ताको थियो ।

पाच बर्ष सरकार चलाउने जिम्मेवारी दिएका जनतालाई आँखामा धुलो झोकेर सर्बसत्तावाद र अधिनायकवाद तर्फ उन्मुख भएकोमा अहिले प्रचण्ड र ओली पक्ष भन्दै कार्यकर्ता तानातान गर्न आउँने नेकपाका स्वार्थी नेतालाई लोप्पा खुबाउने गरि लोकतान्त्रिक पार्टी र जनताको पार्टी काङ्ग्रेस बनेर मुलुक र संविधानको पक्षमा उभिएर देखाइदिने कुरा नबप्रबेशीले व्यक्त गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सांसद भागवत प्रकाश मल्ल र बिशिस्ट अतिथी चापाकोट नगर प्रमुख शिव कुमार गिरीले नेकपा पार्टी परित्याग गरेका स्थानीय नेता कार्यकर्तालाई नेपाली काङ्ग्रेस मा प्रवेश गराएका हुन । प्रदेश सभा सदस्य भागबत प्रकाश मल्ल ले देशमा उत्पन्न राजनैतिक समस्यामा अब देशको नेतृत्व नेपाली कांग्रेसको विकल्प नरहेको जिकिर गरेका छन । नब प्रवेश सम्पुर्णमा सुभकामना व्यक्त गर्दै नगरप्रमुख शिव कुमार गिरिले हर बखत जनताको सेवामा सकृय रुपमा चापाकोट नगरपालिका तल्लिन रहेको भन्दै नबप्रबेशीलाई स्वागत गरेका थिए।

थप समाचार