बुटवलमा आयोजित सभामा प्रधानमन्त्रीले भने समानुपातिकतर्फ ५० लाख मत ल्याउछौ

प्रकाशित मिति:

काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले आज बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् ।

उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने रु हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’ त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने हामी प्रत्यक्षतर्फ बहुमत ल्याउँछौ‌ । घटाएर देखाउनुहोस् । किन निर्वाचनसँग डराउनुहुन्छ ?