कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन । नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ क्षेत्रीले कम्युनिष्टले देश चलाउन नसक्ने बताइन । चुनावमा भोट माग्दा बाडेको समृद्धि र स्वरोजगारको सपना बिर्सेर दाहाल र ओली कुर्चीको लडाईमा लागेको बताइन । संविधानको रक्षा, लोकतन्त्र र संघीयता कार्यन्यवन गर्न कांग्रेसले मात्रै सक्ने बताइन । ओली र दाहालले कानूनी र वैधानिक रुपमा छुटिएर आएपछि कांग्रेस पाटीले जनताको हितमा निर्णय गर्ने उनले बताइन ।
उनले आफुले ल्याएको बजेटलाई अतिरञ्जित गरिएको बताउदै विकास बजेटको योजनामा केही सांसदले कमिशन मागेको आफुले सुनेको क्षेत्रीले बताइन । विकास बजेटमा मैले एक रुपैया“ कमिशन र भ्रष्टचार गरेको भेटिएमा सांसद पदबाट राजीनामा दिएर राजनीतिबाट सन्यास लिनेछु, उनले भनिन । जनताको विकास बजेटमा सांसदले कमिशन माग्नु जनताको हित विपरित भएको उनले बताइन ।देश भर महिला हिंसा बलात्कार लगायतका घटनाहरु बढेकोमा बर्तमान सरकारको नालायकिपन जिम्मेबार रहेको पनि उनले आरोप लगाएकी छन ।महिलाहरु देश भरी असुरक्षित महसुस गरेको भन्दै उनले आर्थिक अभाब र प्रलोभनमा महिला हिंसाका घटना लुकाउने र दवाउने क्रम पनि बढ्दो रहेकोमा चिन्ता ब्यक्त गरिन । सचेतक क्षेत्रीले काङ्ग्रेस बिना लोकतन्त्र र लोकतन्त्र बिना राज्यको बिकास समृद्धि हुन नसक्ने दाबी गर्दै कम्युनिस्टहरुले अनियमितता र भ्रस्टाचारलाई प्रसय दिइ संरक्षण दिने काम गरेको बताइन ।काङ्ग्रेसलाई बत्ती बालेर खोज्नु पर्छ भन्ने कम्युनिस्टहरु अहिले हात जोडेर काङ्ग्रेसलाई ढोग्ने अबस्थामा पुग्नु काङ्ग्रेस बिना केही चल्देन भन्ने कुराको दरिलो प्रमाण भएको उल्लेख गरिन ।












