प्रधानमन्त्री ओलीविरुद्ध १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउँछौंः महामन्त्री कोइराला
विराटनगर, चैत : नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन्। प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयारी भइरहेको उनको भनाइ थियो। डा। कोइरालाले भने, प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समाजवादी पार्टी माओवादीसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्छौं।
बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसको नेतृत्वमा चुनाव गराउने गरी सरकार गठन हुने बताए। आगामी मंसिरसम्म चुनाव गराउनुपर्ने उनको भनाइ थियो। एमालेसँग भने कुनै पनि हालतमा सरकारमा नजाने उनले बताए। संविधानलाई धरापमा पार्ने ओलीसँग मिलेर सरकार गठन नगरिने उनले बताए।












