फ्रान्सको राजधानी पेरिसमा एक महिने लकडाउन

प्रकाशित मिति:

काठमाडौं, चैत्र ६ :  फ्रान्समा कोरोनाको तेस्रो लहर सुरु भएको शंकापछि राजधानी पेरिसमा फेरि एक महिना लामो लकडाउन गरिने भएको छ। पेरिसका साथै देशका अन्य १५ इलाकामा पनि आज रातिदेखि लकडाउन गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले अहिलेको लकडाउन पहिलेजस्तो कडा भने नहुने बताएका छन्। स्वास्थ्यमन्त्री ओलिभर भेरानले पेरिसमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै अहिले पनि १२ सय जना संक्रमित आइसियुमा उपचाररत रहेको जानकारी दिएका छन्।

लकडाउन अवधिमा अत्यावश्यकबाहेकका काम पूर्णरुपमा बन्द गरिएको छ। अनावश्यक हिँड्डुलमा रोक लगाइएको छ। तर, विद्यालय भने खुला रहनेछन्। फ्रान्समा गत २४ घण्टामा ३५ हजार नयाँ संक्रमित थपिएका छन् भने साढे २ सयभन्दा धेरैको मृत्यु भएको छ। कोरोनाविरुद्धको खोप लगाउन ढिलाइ गरेको भन्दै फ्रान्सेली सरकारको आलोचना भइरहेको छ।

थप समाचार