कञ्चनका तेज बहादुर ठकुरी करिब ३९ क्युफिट काठ सहित पक्राउ

प्रकाशित मिति:

६ चैत्र,कञ्चन, रुपन्देहीको कञ्चन गाउपालिकाका तेज बहादुर ठकुरी ३९।८९ क्युफिट सालको काठ सहित पक्राउ परेका छन । कञ्चन सब डिभिजन बन कार्यलय,कञ्चन ५ फायरलाइन र राजापानी सामुदमयिक बन उपभोक्ता समूह,सैनामैना ११ को सुरक्षा गस्ती टोलीले राजापानी सामुदमयिक बन उपभोक्ता समूहको बन क्षेत्रमा गस्ती गर्ने क्रममा ठकुरीलाई नियन्त्रणमा लिई ३९।८९ क्युफिट ५ थान सालका गोलिया बरामद गरिएको कञ्चन सब डिभिजन बन कार्यलय,कञ्चन ५ फायरलाइनका कार्यलय प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिनु भएको हो ।

चैत्र ३ गते बनको सुरक्षा गस्ती गर्ने क्रममा राती ११ बजेको समयमा अवैधरुपमा लुकिछिपी तस्कर गर्न लागिरहेको अवस्थामा उनिसंग रहेको लु ३० प ६४४४ र लु २६ प ७१९० नम्वरको २ थान होण्डा शाइन मोटरसाइकल,२ थान बञ्चरो र २ थान आरा सहित कञ्चन ५ पिपरीचापा डाडालाइन बस्ने तेज बहादुर ठकुरी पक्राउ परेका हुन । बरामद गरिएका सालका गोलिया,मोटरसाइकल र हतियार कञ्चन सब डिभिजन बन कार्यलय,कञ्चन ५ फायरलाइनमा राखिएको छ भने ३ गते राती नै ठकुरीलाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यलय,भैरहवा पठाइएको छ कञ्चन सब डिभिजन बन कार्यलय,कञ्चन ५ फायरलाइन कार्यलय प्रमुख न्यौपानेले जानकारी दिनु भएको छ।

थप समाचार