एनआरएन अमेरिकाको चुनावी माहोल ; वरिष्ठ उपाध्यक्षमा पन्थ लोकप्रिय उम्मेदवार

प्रकाशित मिति:

गैह्र आवासीय नेपाली संघ अमेरिकाको चुनावी माहोल यतिखेर तातिरहेको छ। विभिन्न संचार माध्यम देखि सामाजिक संजालमा आआफ्नो चुनावी प्रचारप्रसार अभियान तिव्र बनाइरहेका छन्। लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएर बस्दै आउनुभएका कृण्ण जिवि पन्थ एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ।

२००८ मा अमेरिका जानू भएका पन्थ मेरिल्याण्ड राज्यमा बस्नुहुन्छ। गैरआवासीय नेपाली संघको अभियान भने २०१४ देखि सक्रिय हुनुहुन्छ। २०१९ मा संघको अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलनमा पनि प्रतिनिधि भएर काठमाण्डौ जानुभएको थियो। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार पन्थ नेपाली अमेरिकी समुदायमा नरम र मिलनसार व्यक्तिका रुपमा चिनिनुहुन्छ। वर्तमान उपाध्यक्ष रहेका पन्थ सबैभन्दा लोकप्रिय उम्मेदवार रहनु भएको छ।