जन्मदिनको अवसरमा समाजिक अभियान्ता एवम् समाजसेवी खिमराज पोख्रेलले राष्ट्रिय माध्यमिक विद्यालयमा पचास हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । सैनामैना ७ निवासी खिमराज पोख्रेलले जन्मदिनको शुभअवसरमा विद्यालयमा अध्ययन गर्ने गरिब तथा असाहय विद्यार्थीहरुलाई अध्ययन गर्न सहयोग होस् भन्ने उद्देश्यले आफ्नो स्वर्गिय बुबा नगेन्द्र पोख्रेलको स्मृतिमा पचास हजारको अक्षयकोष स्थापना गरिएको पोख्रेलले बताउनुभयो । आफ्नो ३९ औँ जन्मोत्सवको शुभअवसरमा आफूले अध्ययन गरेको राष्ट्रिय माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बीच माता झविकला पोख्रेलले, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रुद्र सुनार र प्रचार्य ओमप्रकाश पौडेललाई नगद हस्तान्त्रण गरिएको हो ।












