केपी ओली अन्तिम कम्युनिष्ट प्रधानमन्त्री बन्ने खतरा छ : खतिबडा

प्रकाशित मिति:

११ चैत,बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन लागिपरेको आरोप लगाएका छन् । पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले बुधबार बुटवलमा गरेको अन्तरक्रियामा केन्द्रका अध्यक्ष खतिबडाले ओलीले कम्युनिष्टकै नामबाट कम्युनिष्ट आन्दोलनलाई स्वाहा पार्न खोजेको आरोप लगाए ।

कम्युनिष्टकै नामबाट ओलीले कम्यूनिष्ट आन्दोलन स्वाहा पार्न लागेका छन्’–नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल बिषयक अन्तर सम्बाद कार्यक्रममा खतिबडाले भने–‘पुष्पलाललाई सम्झंदै उनलाई चिहानमा पु¥याउन ओली अग्रसर छन् ।’ पार्टी नेतृत्व दलाल पुंजीवादको पनि दलाल हुन पुगेको खतिवडाले टिप्पणी गरे । ‘ढंगाखानी,माटोखानी,खोलानाला,बन जंगलदेखि हरेक टेण्डरमा नेतृत्वले कमिसन खोज्ने संस्कार बसिसकेको छ’–खतिबडाले भने–‘नेतृत्वमा ठूलो बिचलन छ, कम्यूनिष्ट आन्दोलनलाई नयां शिराबाट एकीकृत नगर्ने हो भने ओली नै अन्तिम कम्युनिष्ट प्रधानमन्त्री बन्न सक्ने खतरा छ ।’ एमाले र माओवादी ब्युंताउने सर्वोच्चको फैसला कम्युनिष्ट पार्टीलाई सिध्याउने ग्र्याण्ड डिजाइन अन्तर्गत भएको टिप्पणी गरे । ‘यो षड्यन्त्रमूलक फुटाई हो,निवेदकले माग्दै नमागेको विषयमा फैसला आएकाले कम्युनिष्ट सिध्याउने ग्रयाण्ड डिजाइनको रुपमा देखिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नेता बामदेब क्षेत्रीले नयां पार्टी बनाउने वहस चलाउनुपर्ने बताए ।
कार्यक्रममा पुष्पलालकै विषयमा विद्यावारिधी गरेका प्रा.डा. माधब पन्थी, डा.बालकृष्ण चापागाई,पुर्व सांसद विनोद पहाडी,पुर्व सांसद रामचन्द्र भट्टराई,एमाले युवा नेता राजु गुरुङ, खेम लुइटेलले पुष्पलालका देशभक्तिपुर्ण र राष्ट्रिय एकताको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

थप समाचार