रुपन्देहीको देवदह नगरपालिकाले बिहीवारदेखि अक्सिजन सहित २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । कोरोना भाईरस को दोस्रो लहरसंगै देवदह नगरपालिकाले वडा ७ मा रहेको मगर समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन सुरु गरेको नगरप्रमुख हिरा बहादुर खत्रीले बताए र्। २० देखि ४० बेडसम्मको अक्सिजन सहितको आइसोलेसन र कम्तिमा ५ वेडसम्मको आईसीयु एकदुई दिनमै सञ्चालनमा आउने गरी देवदह मेडिकल कलेजले तयारीको काम गरिरहेको छ, उनले भने, नगरबासीका लागि यो सुविधाले सहज अवस्था सृजना गर्नेमा विश्वस्त छौं ।’ वैशाख १२ गतेसम्म सामान्य रहेको संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदह नगरपालिकामा २ सय ११ जना सक्रिय सक्रमित रहेको बताउंदै उनले कोरोना भाईरसको संक्रमण थप फैलिन नदिनका लागि जारी निषेधाज्ञा कडाईका साथ पालना गर्न समेत नगरबासीलाई आग्रह गरे । त्यस्तै, स्थानियको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाको स्वाव समेत त्यहिबाट लिने र स्वाव परिक्षणलाई समेत नि : शुल्क गरिएको उनले जनाए ।












