बडिगाड खोलामा मोटर साईकल संगै खसेका दुई जना गम्भीर घाईते मध्ये एक जनाको गएराती उपचारका क्रममा मृत्यु
बडिगाड खोलामा मोटर साईकल संगै खसेका दुई जना गम्भीर घाईते मध्ये एक जनाको गएराती उपचारका क्रममा ज्यान गएको छ । अर्का गम्भीर घाईतेको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भई रहेकाृ छ । बाग्लुङ्गको खारा बजारमा चलिरहेको बडिगाड महोत्सव हेरेर फर्किदै गरेका गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर –३ का अन्दाजी ३५ बर्षिय युवराज खड्का र पश्चिम रुकुम जिल्ला बरायल गाउँपालिका ९ का २६ बर्षिय नविन बुढाथोकी सक्न्यारा स्थित बडिगाड पुल नजिकै ग १० प ८६४९ नम्वरको मोटरसाईकल अनियन्त्रि भई बडिगाड खोलामा खसेका थिए । उनिहरुलाई उपचारका लागि लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाईएकोमा बुडाथोकीको गएराती १२ बजेको समयमा मृत्यु भएको खर्बाङ्ग प्रहरी चौकीले जनाएको छ । टाउकोमा चोट लागेका अर्का घाईतेको अवस्था पनि गम्भीर रहेको बताईएको छ । त्यस्तै रुकुमबाट बिरामी बोकेर कोहलपुर तर्फ आउँदै गरेको एम्वुलेन्स गएराती दाङ्गको लमहीमा दुर्घटना हुँदा एक जना बृद्ध गम्भीर घाईते भएका छन । रा १ च ७८१ नम्वरको एम्लेन्स लमहीको अमिलिया भन्ने स्थानमा दुर्घटना हुँदा पुर्वी रुकुमका ७३ बर्षिय भीमु जैसी गम्भीर घाईते भई गएराती २ बजेको समयमा उपचारका लागि उनलाई कोहलपुर पठाईएको लमही प्रहरीले जनाएको छ । जैसीको दमको बिमार उपचार गर्न जाँदै गर्दा दुर्घटनामा परेका थिए ।












