बडिगाड खोलामा मोटर साईकल संगै खसेका दुई जना गम्भीर घाईते मध्ये एक जनाको गएराती उपचारका क्रममा मृत्यु

प्रकाशित मिति:

बडिगाड खोलामा मोटर साईकल संगै खसेका दुई जना गम्भीर घाईते मध्ये एक जनाको गएराती उपचारका क्रममा ज्यान गएको छ । अर्का गम्भीर घाईतेको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भई रहेकाृ छ । बाग्लुङ्गको खारा बजारमा चलिरहेको बडिगाड महोत्सव हेरेर फर्किदै गरेका गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर –३ का अन्दाजी ३५ बर्षिय युवराज खड्का र पश्चिम रुकुम जिल्ला बरायल गाउँपालिका ९ का २६ बर्षिय नविन बुढाथोकी सक्न्यारा स्थित बडिगाड पुल नजिकै ग १० प ८६४९ नम्वरको मोटरसाईकल अनियन्त्रि भई बडिगाड खोलामा खसेका थिए । उनिहरुलाई उपचारका लागि लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाईएकोमा बुडाथोकीको गएराती १२ बजेको समयमा मृत्यु भएको खर्बाङ्ग प्रहरी चौकीले जनाएको छ । टाउकोमा चोट लागेका अर्का घाईतेको अवस्था पनि गम्भीर रहेको बताईएको छ । त्यस्तै रुकुमबाट बिरामी बोकेर कोहलपुर तर्फ आउँदै गरेको एम्वुलेन्स गएराती दाङ्गको लमहीमा दुर्घटना हुँदा एक जना बृद्ध गम्भीर घाईते भएका छन । रा १ च ७८१ नम्वरको एम्लेन्स लमहीको अमिलिया भन्ने स्थानमा दुर्घटना हुँदा पुर्वी रुकुमका ७३ बर्षिय भीमु जैसी गम्भीर घाईते भई गएराती २ बजेको समयमा उपचारका लागि उनलाई कोहलपुर पठाईएको लमही प्रहरीले जनाएको छ । जैसीको दमको बिमार उपचार गर्न जाँदै गर्दा दुर्घटनामा परेका थिए ।