बुटवल । उद्योगी तथा टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको कोरोना संक्रमणका कारण निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचाररत खड्काको बिहीबार विहान निधन भएको हो ।
खड्काको विहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खड्काका दुई छोरा र एक छोरी छन्। उनकी श्रीमतीको २० दिन अघि कोरोना संक्रमणबाट निधन भएको थियो।
भारतमा केही वर्ष व्यवसाय गरेर नेपाल फर्किएका खड्काले बुटवलमा टाइगर ब्रुअरी स्थापना गरेका थिए ।












