गैह्र आवाशिय नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिकाको आसन्न निवार्चनमा बोर्ड सदस्यका उम्मेदबार उत्तम शर्माले आफ्नो उम्मेदवारी सिनियर सिटिजनको सहयोगको लागि भएको बताएका छन् । शर्माले नेपालमा रहेका सिनियर सिटिजहरुका समास्या समाधानमा पहल गर्ने बताएका हुन् ।
समय परिवर्तनशील छ, उनले भने, “सामाजिक जीवन आजकल निक्कै व्यस्त बनेको छ । सबैजना कामको शिलसिलमा घर भन्दा बाहिर, देश भन्दा बाहिर जानु परिरहेको अवस्थामा वृद्ध भएका बुवा आमाहरूले बिरामी परेको अवस्थामा अब आत्तिन पर्ने अवस्थामा के कसरी सहजीकरण गर्ने भन्ने बारेमा मैले बृहत्तर योजना ल्याएको छू ।” उनले छोराछोरी बिदेशमा रहेपनि नेपालमा भएका बाबुआमालाई हेरचाह र औषधीउपचार गर्नको लागि चौबिसै घन्टा मोबाइल याप र एम्बुलेन्स सेवा गर्न लागि पर्ने बताए ।
शर्मा गैह्र आवाशिय नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिकाको २०२१ देखि २०२३ सम्मको कार्यकालको सदस्य पदमा उम्मेदबारी दिएका छन् । सानै देखी सामाजिक कार्यमा रुचि भएका शर्माले जुनियर रेडक्रस र रेयुकाई नेपालबाट सामाजिक सेवाको शुरुवात थिए । प्रोफ़ेसनल फोटो तथा भिडियाग्राफीमा लामो समय काम गरेका शर्मा मोडलिंग तथा कलाकारिताको क्षेत्रमा पनि काम गर्दै राष्ट्रीय कलाकार संघ को सदस्य पनि भएका छन् ।
बिगत १५ बर्ष देखि निरन्तर रुपमा दर्जन भन्दा बढी सामाजिक, राजनीतिक र ब्याबसायिक, संघसंस्थाहरूमा आबद्ध भइ काम गरेको अनुभवलाई एनआरएन मार्फ़त संस्थाको हितको लागी लगाउँदै यस भित्र भएका कमीकमजोरीहरूलाई सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै शर्माले आफ्नो उम्मेदबारी फूटेर होईन जुटेर, कुरा कम काम बढी जस्ता एजेन्डामा केद्रित रहेकाले आफुलाई भोट दिएन बिजय गराउन अनुरोध गरेका छन् ।